स्वास्थ्य सामग्री हस्तान्तरण

201
स्वास्थ्य सामग्री हस्तारण गरिँदै ।

बाँके (डुडवा)–कोरोना भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि बाँकेको डुडुवा गाउँपालिकालाई सुरक्षित स्वास्थ्य सामग्री प्रदान गरिएको छ । गाउँपालिकामा रहेका तीनवटा आइसोलेसनका लागि टि.पि.ओ नेपालले आवश्यक उपकरणसहितको सामग्री उपलब्ध गराएको हो ।

संस्थाका मनोविमर्शकर्ता सपना शर्माले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायलाई आइतबार गाउँपालिकामा उक्त सामग्री हस्तान्तरण गरे । इलेक्ट्रिक जग २० थान, डिजिटल थर्मोमिटर ३० थान, सर्जिकल मास्क २०० थान र ग्लोब्स १०० थान रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए । उनले आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई तातो पानी पिउनका लागि सहज होस् र स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि अन्य सामग्रीहरु प्रदान गरिने बताए ।
हस्तान्तरण कार्यक्रममा थर्ड एलाइन्सका उपक्षेत्रीय प्रमुख आलम खान, डुडुवा गाउँपालिकाका स्टोर प्रमुख ऋषिराज गौतम, शाहपुर्वा स्वास्थ्य चौकीका इन्चार्ज खडकबहादुर रोका, स्वास्थ्यकर्मी शेलेन्द्र शर्मालगायतको उपस्थिति रहेको थियो ।

Womui
Womui