बाँकेको डुडुवामा थप दुई आइसोलेशन तयार

43

बाँके (डुडुवा)–बाँके डुडुवा गाउँपालिकाले थप दुईवटा कोरोना आइसोलेशन थपेको छ । गाउँपालिकाले वडा नंं ३ स्थित बनकट्टी मावि र वडा नम्बर २ स्थित आधारभूत विद्यालय सन्तलियामा थप आइसोलेशन स्थापना गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । हरेक स्थानीय तहले आफै आइसोलेशन बनाउने निर्देशन भए बमोजिम पालिकामा उपलब्ध साधन स्रोतका आधारमा आइसोलेशन बनाएको शाखा प्रमुख बुढाले बताए ।

मापदण्ड अनुसारको आइसोलेशन बनाउन चिकित्सक, विभिन्न मेडिकल उपचार सामग्री तथा आवश्यक प्रविधि जस्ता अत्यावश्यक सुविधा नहुँदा कठिनाइ भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले आइसोलेशन निर्माण जस्ता विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग छलफल गर्दा प्रजिअ कुरुम्वाङले जिल्लाका हरेक गाउँपालिकाले आइसोलेशन बनाउन र प्रत्येक पालिकालाई एकजना मेडिकल अधिकृत पठाउने विषयमा तत्काल पहल गर्ने कुरा भएको जानकारी गराए ।
३ वटा आइसोलेशन अन्तर्गत बनकट्टी माविमा २० जना कोरोना आरडिटी पोजेटिभ, शाहपुर्वाको विद्यालयमा ८ जना कोरोना संक्रमण (पिसिआर) पोजेटिभ र सन्तलियामा १० जना कोरोना संक्रमण (पिसिआर) पोजेटिभलाई राखिएको छ । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

Womui
Womui