बाजुरामा मृत्यु भएकी बालिकामा कोरोना

37

नेपालगन्ज- बाजुरास्थित जिल्ला अस्पतालमा आइतबार बिहान मृत्यु भएकी दुई वर्षीया बालिकामा कोरोना भेटिएको छ । बुढीगंगा नगरपालिका–१ की ती बालिकामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। बालिकासँगै आमालाई पनि कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

बुबाको भने कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ। उनीहरु तीनै जना गत बिहीबार आइसोलेसनमा भर्ना भएका थिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। यसअघि सिन्धुपाल्चोक, बाँके, दैलेख, गुल्मी, ललितपुर, पर्सा अर्घाखाँचीमा एक-एक मृत्यु भइसकेको छ ।

Womui
Womui