कोरोना संक्रमणबाट नेपालमा ६ को मृत्यु, उपचारपछि २०६ जना निको

36

नेपालगन्ज– नेपालमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या २०६ जना पुगेको छ ।

अर्घाखाँची, बारा, बाँके, गुल्मी, सिन्धुपाल्चोक र ललितपुरमा कोरोना संक्रमणबाट एक-एक जनाको ज्यान गएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । त्यस्तै देशभर संक्रमित हुनेको संख्या १२१२ पुगेको छ भने उपचारपछि निको हुनेको संख्या २०६ पुगेको छ ।

Womui
Womui