नेपालमा ६८२ संक्रमित, ४ को मृत्यु

47

काठमाडौं–
नेपालमा हालसम्म कूल संक्रमितको संख्या ६८२ पुगेको छ। ४ जनाको मृत्यु भएको छ भने हालसम्म उपचारपछि ११२ जना डिस्जार्च भएका छन्। मृत्यु हुनेमा सिन्धुपाल्चोककी सुत्केरी महिला, बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्ध र बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उपचार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

मुलुकभर हाल ५६७ जना अस्पतालको आइसोलेसन वार्डमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ६०, प्रदेश २ मा २०१, बागमतिमा २६, गण्डकीमा ३, प्रदेश ५ मा २५६, कर्णालीमा ११ र सदुरपश्चिममा १० जना आइसोलेनसमा छन्।

Womui
Womui