राप्तीसोनारी र डुडुवामा दुई/दुई जना संक्रमित थपिए

73

नेपालगन्ज, जेठ १२-
बाँकेको राप्तीसोनारी र डुडुवा गाउँपालिकामा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परिक्षणका क्रममा बाँके राप्तीसोनारी र डुडुवा गाउँपालिकाका २÷२ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

योसँगै बाँकेमा संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ अमृतपुर्वामा १ सय २९ जनाको स्वाब परिक्षण गर्दा २३ र २४ वर्षका पुरुष र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेरा मावि सर्रीमा परिक्षण गर्दा १६ र २३ वर्षका पुरुषमा संक्रमण देखिएको देवले जनाएका छन् । जिल्लाको डुडुवा गाउँपालिकामा पहिलो पटक संक्रमण पुष्टी भएको हो । यसअघि आइतबार बेलुकी प्रतिष्ठानले सार्बजनिक गरेको अर्को रिपोर्टमा स्वाब संकलन गरिएको स्थान, संकलन गरिएको ठाउँको नाम गलत राखेपछि अन्यौलता सिर्जना भएको थियो ।

Womui
Womui