बी ग्रुपले हस्तान्तरण गर्‍यो व्यक्तिगत सुरक्षा सामग्री

93

नेपालगन्ज, जेठ १०-
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भेरी वातावरणीय विशिष्टता समुह(बी गु्रप)नेपालगन्जले ब्यक्तिगत सुरक्षा सामाग्री सहयोग गरेको छ । केयर नेपालको सहयोगमा उक्त सामाग्री नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र भेरी अस्पताल नेपालगन्जलाई हस्तान्तरण गरिएको बी गु्रपका प्रकाश शर्माले जानकारी दिए ।

बी गु्रपले यसअघि पनि बाँके र बर्दियाका विभिन्न स्थानीय तहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सामाग्री सहयोग गरेको थियो । भारतीय सिमासँग जोडिएको नरैनापुरमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा पनि संक्रमित फेला परिसकेका छन् । बाँकेमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि ब्यक्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरिएको बी गु्रपका शर्माले बताए ।

Womui
Womui