शुक्रबार साँझसम्म ५९ जना थपिए, नेपालमा संक्रमित संख्या ५१६

50

नेपालगन्ज, जेठ ९–
नेपालभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सूचना अनुसार शुक्रबार विभिन्न समयमा गरी थप ५९ जना कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।

शुक्रबार बिहान ३० जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको थियो । त्यस्तै दिउँसो थप २० जनामा देखिएको थियो भने साँझ थप ९ जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा ६ जनामा संक्रमण देखिएको हो। यसमध्ये सात पुरूष र दुई महिला हुन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष, कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको थियो । त्यस्तै शुक्रबार बिहान सर्लाही जिल्लाका १४ पुरुष र १ महिला, कपिलवस्तुमा ८ पुरुष र ८ वर्षीया १ बालिका, चितवनमा १ पुरुष र एक महिला, नवलपरासीमा २ पुरुष र १ महिला, नवलपरासी पूर्वमा १ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

Womui
Womui