थु्नु्वामा कोरोना भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिल

200

बैतडी, जेठ ९–
हिरासतमा रहेका थुनुवामा कोरोना भाइरसको संक्रमण देखिएपछि बैतडी जिल्ला प्रहरी कार्यालयलाई सिल गरिएको छ । चैत ६ गते भारतहुँदै नेपाल आएका २२ वर्षीय युवकमा कोरोना भेटिएपछि कार्यालय सिल गरिएको हो । सेती प्रादेशिक अस्पतालमा स्वाब परीक्षणका क्रममा ती युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पत्नीको खोलामा शव भेटिएपछि हत्याको आरोपमा पक्राउ परेका ती युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रहरीमा त्रास फैलिएको छ भने प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार पाँच जना थुनुवामध्ये एक जनामा कोरोना भाइरस संक्रमण भेटिएपछि सबै प्रहरीमा त्रास फैलिएको हो । वैशाख १५ गते पक्राउ परेका संक्रमित युवकलाई ३–४ घण्टा इलाका प्रहरी कार्यालय मेलौलीमा राखिएको थियो भने इलाका प्रहरी कार्यालय पाटनमा एक रात राखिएको थियो।

Womui
Womui