‘वास्तविक कलाकारलाई चिन्नु पर्‍यो’

200
अन्तर्वार्ता

ललित कला विधाको अनुसन्धानमा समर्पित रही उत्कृष्ट योगदान पुर्‍याएबापत २०७१ सालको ललितकलातर्फको क्षेत्रीय पुरस्कार नेपालगन्ज निवासी श्यामानन्द सिंहले केही समय अघि प्राप्त गरे । लामो समयदेखि चित्रकला, हस्तकला, मूर्तिकलालाई अँगाल्दै आएका ६० वर्षीय सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५१ हजार राशिसहित गरेको सम्मानलाई ढिलै भए पनि न्यायपूर्ण सम्मानको रूपमा लिएका छन् । हुनतः यस अघि सिंहले थुप्रै सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् । सरकारी निकायको उपल्लो तहले प्रदान गरेको उक्त सम्मानले उनलाई थप उर्जा प्रदान गरेको छ । नेपालगन्जको बाँके गाउँस्थित निवासको कोठा विभिन्न चित्रकला, हस्तकला, मूर्तिकलाले भरिभराउ गरेका सिंहका सृजनशील हातहरू अझै रोकिएका छैनन् । जवानीमा आफैँले गाएका गीत सुन्दै बहुप्रतिशाली सिंह हरेक घण्टा कुनै न कुनै सृजना उत्पादनमा जुटिरहेका भेटिन्छन् । पछिल्लो समयमा सूचना प्रविधिको विकासले हातबाट हुने सृजनामा कमी आइरहेको बेला सिंहले विगत लामो समयदेखि तयारी गरेका चित्रकला, हस्तकला र मूर्तिकलालाई प्रदर्शनी गरेर धेरै भन्दा धेरै दर्शकलाई देखाउने इच्छा राखेका छन् । प्रस्तुत छः समग्र ललितकलाको बारेमा छिनछिन खबरसँग वरिष्ठ चित्रकार श्यामानन्द सिंहले गरेको कुराकानीको सम्पादित अंश ।

आफूले पाएको प्रमाण पत्र अगाडि छोरा र छोरीका साथमा वरिष्ठ चित्रकार श्यामानन्द सिंह ।
आफूले पाएको प्रमाण पत्र अगाडि छोरा र छोरीका साथमा वरिष्ठ चित्रकार श्यामानन्द सिंह ।

ललितकलातर्फको क्षेत्रीय पुरस्कार प्राप्तगर्नु भएकोमा बधाई छ । यो खुसीको क्षण हामीसँग कसरी बाँड्नु हुन्छ ?
यो सम्मानमेरो मेहनत, लगन र कलाकारिताप्रतिको रुचिको प्रतिफलहो भन्ने मैलै ठानेको छु । सम्मान पाउनु अघिसम्म मैले यस्तो खाले सम्मान पाउने कल्पनासम्म पनि गरेको थिइनँ । सम्मान या अन्यकुनै अवसरको आशा नराखी कलातर्फ संघर्ष र मेहनतजारी राखेको व्यक्तिहुँ म । संघर्षको फल मिल्छ भन्ने चाहिँ सुनेको थिएँ । मेरा लागि यस्तो भनाइ सत्य साबित भयो । अलि ढिलो चाहिँ भएको मेरो बुझाइछ ।

वरिष्ठ चित्रकार श्यामानन्द सिंहको हस्तकला ।
वरिष्ठ चित्रकार श्यामानन्द सिंहको हस्तकला ।

सबैले बुझ्ने गरी ललित कलाको बारेमा बताइदिनुस् न ।
ललित कला भनेको एक किसिमको सृजना, कला हो । यसभित्र हस्तकला, चित्रकला, मूर्तिकला पर्छ । प्रायःव्यक्तिहरूसँग कुनै एक विधामा विशेष सीप हुन्छ । तर, म हस्तकला, मूर्तिकला, चित्रकलाका तीन वटै विधामा सृजना गर्न सक्छु । हस्तकला, चित्रकला र मूर्तिकलाको समग्रतालाई नेपालमा ललित कला भन्ने गरिन्छ ।
तपाईं लामो समयदेखि ललित कलामा समर्पित हुनुहुन्छ । कुनै पनि विधामा सृजना गर्नु अघि यहाँलाई कुन तत्वले प्रभाव पार्छ?
कलाको सम्बन्ध आत्मासित हुन्छ । जवरजस्ती कलाको सृजना गर्न सकिँदैन । कसैले यो बनाइदिए भन्छ भने त्यसो गर्न सकिँदैन । जब कुनै पनि वस्तुप्रति भावना आउँछ । अनि मात्र सृजना हुन्छ । जतिबेला आत्मा कलाबारे जाग्छ । त्यसबेला सृजना हुन्छ । खानाखाने बेला पनि मस्तिष्कमा भावना जागृत हुन्छ । त्यस्तो बेला खाना छाडेर म त्यसमा लाग्छु । कुनै बेला दिनभरि काम गर्छु भन्दा पनि सृजना गर्न सकिँदैन । यो सबै कुरा भित्री भावनासँग सम्बन्धित हुन्छ ।
भावना कतिखेर आउँछ ?
भावना र कलाको सम्बन्ध अन्योयास्रित हुन्छ । भावना आयो भने कला बन्छ । आएन भने बन्दैन । जबरजस्ती कला बन्दैन । भावना कतिखेर आउँछ यसै भन्न सकिँदैन ।
तपाईले विभिन्न खाले चित्र, मूर्ति र हस्त सामग्री बनाउनु भएको छ । यी सबै वस्तुहरू वास्तविक रूपमा देखेर कलामा उतार्नु भएको हो वाकल्पनाको आधारमा गरिएका हुन्?
म जागिरको सिलसिला र नाटक अभियनको क्रममा विभिन्न स्थानमा पुगेको छु । त्यसैले मेरा सृजनामा कतिपय देखेर पनि तयार गरिएका हुन्छन् । साथै कतिपय यस्ता सृजना छन् जो कहिल्यै देखेको होइन । केवल कल्पनाको आधारमा तयार गरिएका हुन् । साथै हामी अरुको कला हेरेर पनि धारणा बनाउँछौं । कलाको अन्त छैन । जति सिक्दा पनि थोरै हुन्छ ।
तपाई कसरी ललित कलातर्फ तानिनु भएको हो ?कुनै विशेष घटना छ कि ?
म स्कुल पढ्दादेखि नै यसमा लागेको हुँ । हाइस्कुलमा मैले विज्ञान पढिरहेको बेला विभिन्न चित्र बनाउँदादेखि नै चित्र बनाउने बानीको विकास भएको हो । पछि विस्तारै म कलामा लागेँ । सैद्धान्तिक शिक्षाको तुलनामा मलाई कलाकारितातर्फ आनन्द लाग्न थाल्यो । जे हे¥यो त्यही बनाउन थालेँ । एक दिन कक्षामा शिक्षकले पढाइरहेको बेला मैले सरको चित्र बनाएँ । सबै विद्यार्थीहरू अचम्मित भए । चित्रकलाको विकाससँगै साहित्य, नाट्य अभिनयको रुचि पनि बढ्यो । अर्कोतर्फ विज्ञानको पढाइ भने त्यही रोकियो ।
कलाकारितामा निकै लामो कालखण्ड पार गर्नु भयो । यस अवधिमा तपाईको अनुभव कस्तो रह्यो ?
जसको केन्द्रमा पहुँच छ । राजनीतिमा आफ्ना मान्छे छन् या जसका मान्छे काठमाडौंमा बस्छन् । त्यस्ता व्यक्तिले ललित कलाको बारेमा थाहा पाउँछन् । विभिन्न अवसरको बारेमा थाहा पाउँछन् । नत्र ललित कलाको क्षेत्रमा के भइरहेको छ भन्ने बारेमा आम सर्वसाधारण मात्र नभई कलाकारले पनि थाहा पाउन नसक्ने अवस्था छ । मैले पनि ललित कलामा हुने विभिन्न कार्यक्रमबारे निकै ढिलो थाहा पाएँ । जसले गर्दा निकै पछि पुरस्कार पाउन सकेँ । फेरि स्थानीय मिडियाले पनि ललितकलाबारे वास्ता गर्दैनन् । जसले गर्दा यस क्षेत्रमा के भइरहेको छ भन्ने बारेमा जानकारी नै हुँदैन । यसपटक एक जना प्राज्ञ नेपालगन्ज आएको मौकामा भेट भयो । उहाँले मेरा सृजना पनि हेर्नु भयो । त्यसपछि सम्मान छनोटको प्रतिस्पर्धामा भाग लिनेबारे मैले पनि थाहा पाएको हुँ ।
ललित कलाबारे नेपाली समाज कत्तिको चेतनशील छ ?
मेरो अनुभवमा नेपाली समाज ललित कलाप्रति त्यति सकारात्मक छ जस्तो लाग्दैन । मैले विगतमा चार÷पाँच पटक चित्र कलाको प्रदर्शनी गरेँ । तर, दर्शकको उपस्थिति नै हुँदैन । कलामा रुचि देखिँदैन । कुनै नाचगानको कार्यक्रम हुन्छ भने ठूलो समूहमा दर्शक उपस्थित भइहाल्छन् । चित्रकलाको प्रदर्शनी गर्दा सय जना दर्शक भेट्न पनि गह्रो छ । मेरो छिमेकमा बस्नेलाई नै मेरो बारेमा थाहा छैन । यसपटक मैले यति ठूलो पुरस्कार पाएको बारेमा आमनेसामने बस्नेहरूलाई थाहा छैन । यो हामी जस्ता कलाकारका लागि विडम्बना हो । आमसर्वसाधारणलाई रोजीरोटी जुटाउन गाह्रो भइरहेका कारणले यस्तो भइरहेको हो वा अन्य कारणले अध्यय नगर्नु पर्ने अवस्था छ ।
कुनै कलाकारले ललित कलालाई पेशा बनाएर गुजारा गर्न सक्ने अवस्था छ ?
छैन । आजको परिवेशमा ललित कलालाई पेशा बनाउन खोज्यो भने भोकै मरिन्छ । मैले त जागिर पनि गरेकाले ललित कलालाई निरन्तरता दिन सकेको हुँ । विगतमा कलाको मान्यता थियो । अहिलेको आधुनिक युगमा मेसिनले कला बनाउन थाल्यो । इन्टरनेटबाट जस्तो चाह्यो । त्यस्तै पेन्टिङ निस्कन्छ ।

यस्तो अवस्थामा कलाकारलाई बचाउन पहल गर्नुपर्छ जस्तो लाग्छ ?
पक्कै पनि कलाकार भनेका देशका गहना हुन् । त्यसैले राज्यले कलाकार बाँच्ने कदम उठाउनु पर्छ । राज्यले वास्तविक कलाकारलाई चिन्नु प¥यो । अनि वास्तविक कलाकारलाई संरक्षण गर्नुपर्छ । क्षेत्रीय, स्थानीय स्तरमा पनि कलाकारको खोजी गरिनुपर्छ ।
अहिलेसम्म राज्यले गरिरहेको व्यवहारसँग सन्तुष्ट हुनुहुन्छ ?
राज्य अहिलेसम्म केन्द्रमा सीमित छ । जति गर्नु पर्ने हो केन्द्रमा भइरहेको छ । जति पनि सम्मान, अवसर केन्द्रमा बस्नेहरूले पाउँछन् । सम्मान, अवसर पाउनेहरू धेरैजसो काठमाडौंबासी छन् या काठमाडौंमै बसेर काम गरिरहेका छन् । जो जहाँ बसे पनि राज्यले सबै कलाकारलाई समान व्यवहार गर्नु पर्छ । कलाकार जुम्ला, नेपालगन्ज वा काठमाडौं, जहाँ पनि बस्न सक्छन् । बसोबासकै कारणले कलाकारमाथि विभेद हुनु हुँदैन । कलाको गुणस्तरलाई ख्याल गर्नु पर्ने सिस्टमको जरूरी छ ।

वरिष्ठ चित्रकार श्यामानन्द सिंहको हस्तकला ।
वरिष्ठ चित्रकार श्यामानन्द सिंहको हस्तकला ।
Womui
Womui