२०६१ मा जनकपुरमा भएको बमकाण्डका अभियुक्त साह काठमाडौँ कारागार सारिए

66
छिनछिन खबर
जनकपुर, भदौ १८
जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साहलाई बिहीबार राति काठमाडौँ कारागार सारिएको छ। पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाडौँ सारिएको कारागार सारिएको हो । साहले जेलबाटै आफ्ना कार्यकर्ताहरुलाई आन्दोलनमा सघाउन निर्देशन दिने गरेको आशङ्का कारागार प्रशासनको रहेको थियो।
 सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले साहलाई कैदीहरुको ठाउँसारी गर्ने नियमित प्रक्रियाअनुसार काठमाडौँ पठाइएको बताएका छन्।
मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा गरिएको शान्तिपूर्ण आन्दोलनमा २०६१ मा पाँचजनाको ज्यान जाने गरी गराइएको बम विष्फोटको प्रमुख आरोपी साहलाई भनिएको छ।
Womui
Womui