२४ दिने लगातारको बन्दले देउखुरीको जनजीवन प्रभावित

41

छिनछिन खबर
दाङ, भदौ १८

गत २७ गते यता जिल्लास्तिथ देउखुरीको जनजीवन प्रभावित बनेको छ । २४ दिने लामो बन्दका कारण यहाँका कलकारखाना, शिक्षण संस्थालगायत बजारसमेत खुल्न सकेको छैन । थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आन्दोलनका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।

देउखुरीको जनजीवन प्रभावित भएपनि तुलसीपुर-घोराहीलगायत अन्य क्षेत्रमा भने जिल्ला संयुक्त संघर्ष समितिले आन्दोलन खुकुलो पार्दै गएपछि शिक्षण संस्थालगायत छोटो दूरीका यातायात र बजार सञ्चालनमा आएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको लमही क्षेत्रमा प्रहरीको स्कटिङमा मात्रै यातायात सञ्चालनमा आएका छन्। दाङलाई सुरक्षा संवेदनशील भन्दै भदौ सात गतेदेखि आगामी २२ गतेसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ।

Womui
Womui