भारतबाट आएकालाई स्थानीयले क्वारेन्टिनमा बस्न नदिँदा समस्या

20
भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न नदिने भन्दै जम्मा भएका स्थानीयलगायत ।

तारा ओली
नेपालगन्ज, जेठ ७–

भारतीय सीमानाकामा अलपत्र परेका नागरिकलाई स्थानीयले क्वारेन्टिनमा बस्न नदिँदा उनीहरुको व्यवस्थापनमा समस्या देखिएको छ। पछिल्लो समय छिमेकी नरैनापुर गाउँपालिकामा भारतबाट आएका एक व्यक्तिको कोरोना भाइरसका कारण क्वारेन्टाइनमै मृत्यु भएको थियो । जसका कारण भारतबाट आएका व्यक्तिमा शतप्रतिशत कोरोना भाइरस हुन सक्ने त्रास स्थानीयमा व्याप्त छ । भारतबाट फर्किएकाबाट कोरोना भाइरस सम्बन्धित क्वारेन्टाइको पूरै वडामा फैलिने भन्दै स्थानीयले विरोध गरेका हुन् । जसले गर्दा लामो समय सीमानाकामा अलपत्र परेका नागरिकलाई आफ्नै गाउँठाउँमा भएको यस्तो व्यवहारले दुःख लागेको बताउँछन् ।

बाँकेको रुपैडिहा नाकामा अलपत्र परेका २८ जनालाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ स्थित शिवशक्ति मावि पेरानीमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतको नेतृत्तवको टोली, गाउँपालिकास्थित राजनीतिक दलका प्रतिनिधि, मोहन गौतमलगायतले उनीहरुलाई उक्त क्वारेन्टाइनमा ल्याइ पुर्‍याएका हुन् । वडाध्यक्ष बस्नेतका अनुसार वडा नम्बर ८ बालापुरका का २० जना र वडा नम्बर २ का ८ जनालाई बुधबार साँझ उद्धार गरेर ल्याइएको हो ।

वडा अध्यक्ष बस्नेतले वडा नम्बर २ स्थित लक्ष्मी मावि मधुइको क्वारेन्टाइनमा उनीहरुलाई राखिने भने पनि स्थानीयले विरोध जनाएपछि सबैलाई वडा नम्बर ८ स्थित शिवशक्ति मावि पेरानीको क्वारेन्टाइनमा राखिएको बताए ।

नरैनापुरका ४१ कोरोना भाइरस संक्रमितलाई बलप्रयोग गरेर आइसोलेसनमा राखियो

यसैबीच नरैनापुरका कोरोना भाइरस संक्रमित ४१ जनालाई कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा बनाइएको आइसोलेसन सेन्टरमा राख्ने चर्चा चलेपछि कोहलपुरवासीले त्यसको चर्को विरोध गरेका थिए । त्यसका बावजुद प्रहरीले बल प्रयोग गरेर बुधबार राति करिब साढे दस बजेतिर आइसोलेसन सेन्टरमा राखेको छ । त्यहाँ पनि स्थानीयले वडाभरि कोरोना भाइरस फैलिने भन्दै चर्को विरोध जनाएका थिए ।

Womui
Womui