दुई देशका नागरिक भए सीमा वारिपारि

33
फाइल तस्बिर ।

नेपालगन्ज, जेठ ७–
बाँकेको रुपइडिहा नाकामा रोकिएका दुई देशका नागरिकलाई बुधबार सीमा वारिपारि गराइएको छ । नाकामा रोकिएका करिब एक हजार पाँच सय हाराहारीका नेपालीलाई नेपाल ल्याइएको छ भने ठूलो संख्यामा रहेका भारतीयलाई भारत पठाइएको छ । नेपाल भित्रिएकालाई  महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको छ । नाकामा रोकिएकालाई वारिपारि गराएर सम्बन्धित ठाउँमा पुर्‍याउने रणनीति अनुसार उनीहरुलाई नेपाल–भारत सीमा वारिवारि गराइएको हो ।

Womui
Womui