वडाअध्यक्ष बस्नेतको सक्रियतामा नाकाबाट ५६ जनाको उद्वार

85

बाके (राप्तीसोनारी), जेठ ८-
भारतको विभिन्न स्थानबाट फर्कीएर रुपैडिहा हुँदै नेपालगन्जस्थित सिमा नाकामा अलपत्र परेका राप्तीसोनारीका स्थानीयको उद्दार गरिएको छ। उक्त नाकाबाट राप्तीसोनारी गाउँपालिकाका ५६ जना स्थानीयको उद्वार गरिएको हो । वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतको विशेष सक्रियतामा बुधबार राती उद्वार गरिएको हो ।

उद्वार गरिएका सबैलाई शम्शेरगन्जको क्वारेन्टाइनमा राखिएको बस्नेतले बताए । भारतमा रोजगारी गर्दै आउदा कोरोना महामारी सगै लकडाउनले झनै समस्यामा परेपछि उनीहरु नेपाल फर्किएका हुन् ।
उनीहरु आएकै दिन नाका पुगेर उद्वारको प्रयास गरेपनि प्रशासनले अनुमती नदिदा बस्नेेत रित्तो हात फर्केका थिए । पाँच दिनसम्म सिमामा अलपत्र परेका ब्यक्तिलाई बुधबार भने नेपाल भित्र्याउन सफल भएको बस्नेले बताए । महामारीबाट बच्न घर आउँदा पनि प्रशासनले ढिलै भएपनि नेपाल भित्रिन दिई सहयोग गरेकोमा उनले आभार व्यक्त गरेका छन् ।

अहिले राप्तीसोनारी वडा नम्बर ७ मा ४८ ,वडा नम्बर ५ मा ५ र वडा नम्बर ८ को शम्शेरगन्ज क्वारेन्टाइनमा ४  जनालाई राखिएको छ । अध्यक्ष बस्नेतका अनुसार बुधबार राती ल्याइएका ५६ जना मध्ये २७ जनालाई शम्शेरगन्ज क्वारेन्टाइन तथा ५ जनालाई ढकेरीमा र बाकी वडा नम्बर ७ को क्वारेन्टाइनमा पठाइएको छ। त्यस्तै शम्शेरगन्ज क्वारेन्टाइनमा रहेका २७ मध्ये ९ जनालाई वडा नम्बर २ मा पठाइने भएको छ।
वडा नम्बर ७ को क्वारेन्टाइनमा रहेका सबै नरैनापुरको बाटो भएर आएका हुनाले तत्काल पिसीआर परिक्षण गर्न र अरु सबै क्वारेन्टाइनमा रहेकाहरुपनि भारतबाट आएको हुनाले उच्च जोखिमबाट बच्न सबैको परिक्षण गरिदिन अध्यक्ष बस्नेतको माग छ ।

Womui
Womui