२५ जना थपिए, नेपालमा संक्रमित संख्या ४२७

181

काठमाडौं, जेठ ७–
नेपालमा कोरोना भाइरसका संक्रमित दिन प्रतिदिन बढिरहेका छन् । बुधबार साँझसम्म थप २५ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना , नवलपरासी १ पुरुष मा संक्रमण देखिएको हो।

यस्तै कपिलवस्तुमा १३ जनामा संक्रमण पुष्टि भएको छ। ३ वर्षीय बालकसहित संक्रमितमध्ये ७ महिला र १८ पुरुष रहेका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। जसमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Womui
Womui