भुकम्प मापन गर्न २४ नयाँ स्टेसन स्थापना

76

छिनछिन खबर
काठमाडौं, भदौ १८
वैशाख १२ गतेको भूकम्पपछि देशका विभिन्न २४ स्थानमा सरकारले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरेको छ । भूकम्पले हल्लाउँदा जमिनमा उत्पन्न हुने परिवर्तन र गति अध्ययन गर्न राष्ट्रिय भूकम्प मापन केन्द्रले काठमाडौंसहित भूकम्प प्रभावित जिल्लामा यस्ता केन्द्र स्थापना गरेको हो । जीपीएस स्टेसनमा उपलब्ध तथ्यांकका आधारमा भूकम्पका सम्भावना अनुगमन गर्नसमेत सघाउ र्पुयाउने उद्देश्य केन्द्रले राखेको छ । स्टेसन स्थापना गर्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय अनुसन्धान संस्था तथा विश्वविद्यालयको संलग्नता छ ।

केन्द्रले यसअघि नै देशका विभिन्न २९ ठाउँमा यस्ता स्टेसन स्थापना गरिसकेको अन्नपूर्ण पोस्टमा खबर छ । यी केन्द्र ताप्लेजुङदेखि दार्चुलासम्म छन् । वैज्ञानिकहरूले यिनै स्टेसनले संकलन गरेको तथ्यांकका आधारमा वैशाख १२ को महाभूकम्प तथा अन्य भूकम्पको प्रकृति र कम्पन अध्ययन गर्दै आएका छन् । विश्वमा यस्ता स्टेसनको सहयोगमा भूकम्पको अध्ययन गर्ने प्रचलन धेरै वर्षदेखि चलिरहेको छ । नेपालमा वैज्ञानिकले तथ्यांक संकलनका लागि यस्ता स्टेसनको सहयोग लिए पनि भूकम्पको प्रक्षेपण भने असम्भव छ । भूकम्पका कारण जमिन हल्लिँदा आएको परिवर्तन तथा कम्पनको गति नाप्न यस्ता स्टेसन उपयोगी हुने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । गोरखा केन्द्रबिन्दु भएको भूकम्पलाई अन्तराष्ट्रिय अनुसन्धान संस्थाका वैज्ञानिकले नजिकबाट गहिरो गरी अध्ययन गरिरहेका छन् ।

Womui
Womui