विदेशमा अलपत्र नेपालीलाई चरणबद्ध रुपमा स्वेदश ल्याइने

132

काठमाडौं, जेठ ६–

विदेशमा अलपत्र परेका नेपालीलाई चरणबद्ध रुपमा स्वदेश ल्याइने भएको छ । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेकालाई स्वदेश फिर्ता ल्याउने निर्णय सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

विदेशमा पुगेका गर्भवती, नेपालमा आफन्तको निधन भएका नेपाली, खाडी राष्ट्र र मलेसियाबाहेक बंगलादेशका विद्यार्थी, साइप्रसमा समस्या परेका विद्यार्थी तथा बिनाभिसा विदेशमा रहेकालाई पहिलो चरणमा नेपाल भित्र्याइने भएको छ भने कुवेत र यूएईले तत्काल फर्काउने भनेर राखेका नेपालीलाई पनि पहिलो चरणमै स्वदेश फिर्ता ल्याइने भएको छ ।

हवाई टिकट लिई काम छोडेर विदेशमा अलपत्र परेका वा उडान रद्द भएर स्वदेश आउन नपाएकालाई दोस्रो चरणमा स्वेदश फिर्ता गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । त्यस्तै विदेशमा काम गुमाएर पनि कम्पनीले बस्ने सुविधा दिइरहेकालाई तेस्रो चरणमा स्वेदश फिर्ता ल्याउइने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ भने कुनै समस्या नभए पनि स्वदेश फिर्ता हुन चाहनेलाई चौथो चरणमा स्वदेश फिर्ता ल्याइने छ ।

विदेशमा रहेकालाई स्वदेशमा ल्याउनु अघि सात वटै प्रदेशका वडा तहसम्म सुरक्षित क्वारेन्टाइन बनाएर मात्र स्वदेश फर्काउने निर्णय बैठकले गरेको छ ।

Womui
Womui