नीति तथा कार्यक्रम पारित

30

काठमाडौं, जेठ ६–

प्रतिनिधिसभा संसदबाट सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले विरोध गरे पनि सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतबाट पारित पारित भएको घोषणा गरे।

नीति तथा कार्यक्रममा ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । यसैगरी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रमलाई परिणाममुखी बनाइने विषय समेटिएको बताइएको छ । गतवर्षको नीति तथा कार्यक्रमलाई विकास र समृद्धिको आधार बनाउदै नयाँ नीति तथा कार्यक्रममा समृद्धिको लक्ष्य प्राप्त गर्ने प्रतिबद्धता आउने जनाइएको छ । यसैगरी नयाँ नीति तथा कार्यक्रमले कृषि, ऊर्जा, पूर्वाधार निर्माण र औद्योगिकीकरणलगायतमा विशेष जोड दिने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेस गरेकी थिइन्।

Womui
Womui