सामाजिक दूरी कायम गर्दै राप्तीसोनारीले सुरु गर्‍यो सेवा सुचारु

48

खड्क खत्री
शमशेरगन्ज, जेठ ६–
लकडाउनको आधारभूत मापदण्ड पालना गर्दै राप्तीसोनारी गाउँपालिकाले गाउँपालिकाबाट दिइने सेवालाई सुचारु गरेको छ । चैत ११ गतेदेखिको लामो लकडाउनका कारण गाउँपालिकाबाट सेवाप्रवाह हु्न नसकेका अत्यावश्यक सेवालाई सामाजिक दूरी कायम राखेर सेवा दिइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका अनुसार सेवाग्राहीको सु्विधाका लागि लकडाउनको आधारभूत मापदण्डको पालना गर्दै भीडभीड नहुने गरी गाउँपालिकाको सबै वडाबाट सेवा दिइरहेको छ ।

गाउँपालिकाका ९ वटै वडाका जनप्रतिनिधीमार्फत् गाउँपालिकाबासीलाई लकडाउनको आधारभूत मापदण्डको पालना गर्न सुझाव दिँदै वडाकार्यालयबाट दिइने सेवाप्रवाह सुचारु गर्न निर्देशन दिएको अध्यक्ष थारुले बताए । त्यस्तै गाउँपालिका कार्यालय, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था लगायतका स्थानमा अत्यावश्यक काममा जाँदा एक वा दुई भन्दा बढी ब्यक्ति जम्मा नहुने गरी सेवा लिन अध्यक्ष थारुले आग्रह गरेका छन् ।

गाउँपालिकामा सेवा लिन आएका सेवाग्राहीको फाइल गेटमै बुझ्ने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । अधिकृत बस्नेतका अनुसार सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सुरक्षासतर्कताबारे जानकारी दिँदै सेवा प्रवाह गरिएको छ ।

Womui
Womui