चीनबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्री

61

काठमाडौं, जेठ ६–

चीनबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको जहाजद्वारा मंगलबार स्वास्थ्य सामग्री नेपाली सेनाले नेपाल ल्याएको हो । पीसीआर परीक्षणका लागि चाहिने किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क, ग्लोब्सलगायतका सामान पहिलो चरणमा आएको सेनाले जनाएको छ ।

सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ३ सय ४२ टन स्वास्थ्य सामग्री चिनियाँ कम्पनीबाट खरिद गरेको छ। जसमध्ये गत शनिबार स्थलमार्ग तातोपानी नाकाबाट ९ टन स्वास्थ्य सामग्री ल्याइसकेको छ । चिनियाँ भन्सार कार्यालयले क्लियरेन्समा कडाइ गरेपछि सेनाले खरिद गरेको स्वास्थ्य सामग्री नेपाल ल्याउन ढिलाइ भएको जनाएको छ ।

Womui
Womui