बाँकेमा ४७ जनालाई कोरोना, देशभरि संक्रमितको संख्या ३५७ पुग्यो

37


छिनछिन खबर
काठमाडौं
–बाँकेमा एकैदिन ४७ जना थपिएसँगै देशभरिक कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

बाँकेका संक्रमितमध्ये ४६ पुरुष र एक महिला छन् । उनीहरू सबै बाँके नरैनापुरका हुन् । एक दिनअघि सोही ठाउँका एक युवाको क्वारेन्टाइनमा निधन भएको थियो ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १÷१ जना गरी ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Womui
Womui