लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

42

छिनछिन खबर
काठमाडौं
–सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।

पछिल्लो दुई दिनमा कोरोना भाइरसका कारण दुई जनाको निधन भएपछि त्रास बढेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन सुरु गरेको हो ।

Womui
Womui