धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित तीन जनामा देखियो कोरोना

24


छिनछिन खबर
काठमाडौं–
धनकुटा जिल्ला अस्पतालकी नर्स सहित आइतबार तीन जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । बाँकी दुईजना संक्रमित विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन् ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । जसमा दुईजनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३६ जना निको भएका छन् ।

Womui
Womui