बाँकेमा मृत्यु भएका युवामा कोरोना संक्रमणको पुष्टि

42

छिनछिन खबर
काठमाडौं
–बाँकेको नरैनापुरमा निधन भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यी नेपालमा कोरोना भाइरसबाट मृत्यु हुने दोस्रा व्यक्ति हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।


मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

Womui
Womui