डुडुवाका क्वारेन्टाइनमा २११ जना

152


नेपालगन्ज, जेठ ४–
भारतसँग सीमा जोडिएको बाँकेको डुडुवा गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट फर्किएकाहरु बस्नेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो समय नेपाल–भारत सीमामा अलपत्र परेकालाई उद्धार गरेर नेपाल ल्याएसँगै गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन भरिँदै गएको हो ।

डुडुवा गाउँपालिकाको बनकट्टी माबिमा रहेको क्वारेन्टाइन । फाइल तस्बिर

गत शुक्रबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १६७ रहेकोमा आइतबार यो संख्यामा वृद्धि भएर २११ जना पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले जानकारी दिए । देशमा कोरोना भाइरसका कारण दुईको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रमुख उपाध्यायले सबै पूर्व तयारीका साथ कोरोना बिरुद्द सामूहिक पहलकदमी गर्नु पर्ने कुरामा जोड दिए ।
यसरी दिनप्रतिदिन क्वारेन्टाइनमा बस्नेको संख्यामा वृद्धि हुँदा गाउँपालिकालाई उनीहरुको व्यवस्थापनमा चुनौती आउनेसमेत बताए। जुन अवस्था डु्डुवा गाउँपालिका मात्र नभएर सबै स्थानीय तहलाई आउन सक्ने भन्दै उनले यस्तो चुनौतीपूर्ण समयलाई मध्यनजर गर्दै प्रदेश सरकार र संघीय सरकारले आवश्यक पहल गर्न आवश्यक रहेको औंल्याउँदै प्रदेश सरकार र संघीय मात्र नभई भाविष्यमा आइपर्ने समस्यासँग लड्न जिल्लास्थित गैर सरकारी संस्था, निजी क्षेत्र र आमनागरिक र नागरिक समाज सबै समस्या समाधानतर्फ एकजुट भएर अघि बढ्नु पर्ने बताए ।

Womui
Womui