भारतीय विस्तारवादविरुद्ध कांग्रेसको र‍्‍याली

138
भारतीय विस्तारवादविरुद्ध नेपाली कांग्रेसले निकालेको र्‍याली ।

बाँके (राप्तीसोनारी), जेठ ५–
भारतीय विस्तारबादविरुद्ध नेपाली कांग्रेसले र्‍याली निकालेको छ । साेमबार नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गाउँ इकाई कार्यसमितिले भारतीय विस्तारवादविरुद्ध नाराबाजी लगाउँदै र्‍याली निकालेको हो ।

भारतले लिपुलेक , लिपीयाधुरालगायत अन्य ठाउँको भूमि मिचेको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताले सडकमा भारतविरुद्ध नारा लगाएका थिए । भारतीय विस्तारबाद मुर्दाबाद, नेपाली हामी नहौला कहाँ, मेरो भूमि मेरो हक जस्ता नारा लगाउँदै गाउँ परिक्रमा गरेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेका उपाध्यक्ष शेखर रावतले यो सरकारमा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै सरकार असफल भएको बताए । ‘भारतले यत्रो भूमि मिच्दासमेत प्रधानमन्त्रीले पत्रिपत्रिकामार्फत थाहा पाएको कुरा गर्नु लज्जास्पद हो,’ उपाध्यक्ष रावतले भने,‘ यो सरकारलाई भारतले भूमि अतिक्रमण गरेर उहिलेदेखि नै सडक विस्तार गरिरहेको थाहा हुँदा हुँदै पनि त्यसबारे केही नबोलेकाले सरकारको मिलेमतोमा नै सडक विस्तार भएको हुनुहुर्छ ।’ उपाध्यक्ष रावतले दुई तिहाइ बहुमतको सरकारको मिलेमतोमै सडक विस्तार भएको आरोप लगाउँदै जबसम्म अतिक्रमित भूमि फिर्ता हुँदैन तबसम्म चरणबद्ध रुपले आन्दोलन जारी राख्ने बताए ।

नेपाली कांग्रेस राप्तीसोनारी ५ गाउँ एकाइ कार्यसमितिका सभापति बालकिशन थारुको सभापतित्वमा निकालिएको र्‍यालीमा कांग्रेसका कार्यकर्ता एवम् सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सभापति थारुका अनुसार यसरी लिपुलेक, लिपीयाधुरालगायत भूमि भारतले अतिक्रमण गरेकोप्रति आक्रोश पोख्दै भने,‘छिमेकी राष्ट्रले भूमि अतिक्रमण गरेकोप्रति हामी घोर आपत्ती छ ।’

Womui
Womui