पत्रकार कुटपिट र धम्कीप्रति क्षमायाचना

178

छिनछिन खबर
नेपालगन्ज, भदौ १७
थरुहट संयुक्त संघर्ष समितिले पत्रकार कुटपिट र सञ्चार माध्यममाथि गरिएको धम्कीपुर्ण घटनाप्रति क्षमायाचना गरेको छ । संघर्ष समितिले बिहीबार एक विज्ञप्ती निकालेर क्षमायाचना गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएको हो । थरुहटले बुधबार समाचारको विषयलाई लिएर मिसन टुडे दैनिक कोहलपुरका प्रकाशक÷सम्पादक बिनोद पौडेललाई कार्यालयमै पुगेर कुटपिट गरेका थिए, भने प्रतिबोध एफएमका पत्रकार पुजन विश्वकर्मालाई मार्ने धम्की दिदै एफएम जलाइदिने धम्की दिएको थियो । कुटपिट र धम्कीपछि कोहलपुरबाट प्रशारण हुने दुई वटा एफएम रेडियो र पत्रपत्रिका बिहीबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ । थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरी, प्रवक्ताद्धय फुलाराम थारु र सुरेश थारु, सदस्यहरु प्रदिप थारु, कृष्णबहादुर थारु र अविनाश चौधरीले हस्ताक्षर गरेको विज्ञप्तीमा बन्द भएका सञ्चार माध्यम निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरिएको छ । आफ्ना मागप्रति प्रमुख दलले सुनुवाई नगरेको भन्दै आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउने थरुहटले चेतावनी दिएको छ ।

थरुहटले बिहीबार निकालेको विज्ञप्ती ।
थरुहटले बिहीबार निकालेको विज्ञप्ती ।

480 × 489

Womui
Womui