टिकापुरमा मारिएका प्रहरी परिवारलाई १० लाख दिईने

39

छिनछिन खबर

काठमाडौं, भदौ १७
टिकापुरमा आन्दोलनकारीबाट मारिएका ६ जना प्रहरीलाई नेपाल प्रहरीले १० लाखको दरले राहत दिने निर्णय गरेको छ । प्रहरी कल्याण कोषले राहत रकमबारे यस्तो निर्णय गरेको हो । प्रहरीको नीति समन्वय समितिको बैठकको सिफारिसका आधारमा राहत दिने निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रर्दशन नियन्त्रण गर्न खटिएको अवस्थामा ८ जना प्रहरी मारिएका थिए । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ५ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । सशस्त्र प्रहरीका २ जना प्रर्दशनकारीको आक्रमणबाट मारिएका थिए । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले मृतक कर्मचारीको परिवारलाई राहत स्वरुप तत्काल १०/१० लाख रुपैयाँ, घाइते भएर उपचाररत कर्मचारीको निःशुल्क उपचार र सन्तानलाई उच्च शिक्षा अध्ययन गराउने निर्णय भएको बताए ।

परिवारका सदस्यलाई रोजगार र आयमुलक कार्यक्रममा सहभागी गराउने निर्णय समेत भएको छ । प्रर्दशनकारीबाट मारिएका संगठनका बरिष्ठ हवल्दार ललितबहादुर साउद र सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारुको परिवारलाई सशस्त्रले बुधबार एक/एक लाख राहत र सन्तानलाई आवासीय सुविधा सहित १२ कक्षासम्म अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको थियो । प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर सशस्त्र प्रहरी सहायक हवल्दार नेत्रबहादुर साउदका डेढ वर्षीय छोरा मारिएका थिए ।

Womui
Womui