क्वारेन्टाइन व्यवस्थापनमा सबै एकजुट हुन डुडुवा गाउँपालिकाको आग्रह

20

रमण ओली
नेपालगन्ज, जेठ ३–
भारतसँग सीमा जोडिएको बाँकेकोडुडुवा गाउँपालिकाको क्वारेन्टाइनमा भारतबाट फर्किएकाहरु बस्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

पछिल्लो समयमा नेपाल–भारत सीमामा अलपत्र परेकालाई उद्धार गरेर नेपाल ल्याएसँगै गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन भरिँदै गएको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार शुक्रबार साँझसम्म क्वारेन्टाइनमा बस्नेको संख्या १६७ जना पुगेको छ। जुन संख्या दिनप्रतिदिन बढ्दै गएको उनले जानकारी दिए ।

भारतसँग सीमा जोडिएका र रोजगारीको लागि अत्यधिक व्यक्ति भारतका विभिन्न सहर जाने गाउँमा डुडुवा गाउँपालिका पनि पर्छ । दुवै देशमा जारी लकडाउनका कारण बेरोजगार बनेका ब्यक्ति नेपाल फर्कने क्रम बढेपछि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्नेका लागि गाउँपालिकाले व्यवस्था गर्दै आएको खाने, सुत्ने र स्वास्थ्य चेकजाँचका सामग्री अपुग हुने प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उध्यायले बताए । ‘जसरी पछिल्लो एक हप्तामा यत्रो संख्यामा क्वारेन्टाइनमा बसेका छन् त्यसरी नै बढ्दै जाने हो भने यो संख्या ५ सय बढी हुने हाम्रो अनुमान छ,’ प्रमुख उपाध्यायले भने,‘यस्तो अवस्था आयो भने पालिकाको लागि क्वारेन्टाइन व्यवस्थापनमा समस्या आउने देखिन्छ ।’ यस्तो अवस्थामा डुडुवा गाउँपालिका मात्र नभइ सबै स्थानीय तहलाई समस्या पर्ने भएकाले यसको समाधानका लागि सबैले सामूहिक पहल गर्नु पर्नेमा उनले जोड दिए । प्रमुख उपाध्यायका अनुसार यस्तो चुनौतीपूर्ण समयलाई मध्यनजर गर्दै प्रदेश सरकार र संघीय सरकारले आवश्यक पहल गर्न आवश्यक छ । प्रदेश सरकार र संघीय मात्र नभई भाविष्यमा आइपर्ने समस्यासँग लड्न जिल्लास्थित गैर सरकारी संस्था, निजी क्षेत्र र आमनागरिक र नागरिक समाज सबै समस्या समाधानतर्फ एकजुट भएर अघि बढ्नु पर्ने उनले बताए ।

This image has an empty alt attribute; its file name is Dunduwa.jpg
Womui
Womui