अवधी भाषी २५ पत्रकारलाई राहत वितरण

100

नेपालगन्ज, जेठ ३–
बाँकेका २५ जना अवधी भाषी पत्रकारहरुलाई राहत वितरण गरिएको छ । सरकारले गरेको लकडाउनका कारण आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत प्याकेज वितरण गरिएको हो । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघमा आबद्ध पत्रकारहरु विभिन्न सञ्चारमाध्यममा आबद्ध सक्रिय सञ्चारकर्मीहरुलाई राहत प्याकेज वितरण गरिएको हो । 
अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र बाँके जिल्ला कार्यसमितिको पहलमा २५ जनाका लागि राहत प्याकेज तयार पारिएको थियो । राहत प्याकेजमा बाँकेको डुडुवा गाउँपालिका, कशौधन बैश्य समाज बाँकेका अध्यक्ष नन्दलाल बैश्य, के एल दुगड ग्रुप र श्रध्द्धा इट्टा उद्योगका सुधिरप्रताप सिंहले सहयोग गरेका थिए । सहयोग गर्ने संस्था कार्यालय र व्यक्तिलाई संघको तर्फबाट धन्यबाद दिइएको छ । 

नेपालगन्ज ६ फुल्टेक्रास्थित संघको सम्पर्क कार्यालयमा संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र र जिल्ल अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए । लकडाउनको समयमा दैनिक खटिने पत्रकारहरु अहिले काम गर्ने सञ्चार माध्यममा पारिश्रमिकसमेत नपाउँदा दैनिक खर्च धाउन समस्या भएपछि संघले राहतको व्यवस्था गरेको जनाएको छ । लामो समयदेखिको लकडाउनले अहिले मिडिया हाउसलाई समेत प्रभावित बनाएको सञ्चालकहरु बताउँछन् ।

Womui
Womui