पहिलोपटक कोरोनाका कारण धुलिखेलमा एक महिलाको मृत्यु

138


छिनछिन खबर
काठमाडौँ–
नेपालमा पहिलो पटक कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

अस्पतालको प्रयोगशालामा गरिएको आरडिटी र पीसीआर दुबै परीक्षणबाट संक्रमणको पुष्टि भएपछि थप पुष्ट्याइँका लागि केन्द्रीय स्वास्थ्य प्रयोगशालामा मृतकको स्वाब पठाइएको थियो । जेठ १ गते राति धुलिखेल अस्पतालका पु‍¥याउँदा ती सुत्केरीको स्वास प्रस्वास बन्द भइसकेकोले अस्पतालले जानकारी दिएको छ । यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको गाउँ र माइतीलाई पनि सिल गरिएको छ ।


मृतक सिन्धुपाल्चोक, बाह्रबिसे–९ की २९वर्षिया महिला रहेकी र त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भइ २४ गते सुत्केरी भएपछि २५ गते डिस्चार्ज भएर घर फर्केकी थिइन् । सुत्केरी भएको सातौं दिनमा स्वास प्रस्वासमा समस्या आएपछि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको ेथियो । सोही केन्द्रमा आइसियु नभएकोले रिफर गरिएको थियो ।

Womui
Womui