अपडेटः दुई थपिए, नेपालमा २७८ संक्रमित

29

काठमाडौं, जेठ ३–

नेपालमा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । शनिबारमात्र ११ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार शनिबार बिहान ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने दिउँसो पुनः थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमित हुनेमा महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

Womui
Womui