राप्तीसोनारीका क्वारेन्टाइनमा ३९ जना

56
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिमा रहेको क्वारेन्टाइन । फाइल तस्बिर

बाँके (राप्तीसोनारी), जेठ २–
भारतको विभिन्न सहरबाट गाउँपसेका ३९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतस्थित मुम्बई, पञ्जाब र हरियाणालगायतका ठाउँबाट गाउँपसेका व्यक्तिलाई राप्तीसोनारी वडानम्बर ७ स्थित नेपाल राष्ट्रिय माबिको क्वारेन्टाइनमा ३४ जनालाई राखिएको वडा अध्यक्ष रामलखन थारुले बताए ।  वडाध्यक्ष थारुका अनुसार उनीहरुलाई सुविधासहितको क्वारेन्टाइनमा आवश्यक चेकजाँच गरेर निगरानीमा राखिएको छ।

वडा नम्बर ५ को भुवरभवानी मावि बिनौनामा रहेको क्वारेन्टाइनमा ५ जनालाई राखिएको वडाध्यक्ष झगरु थारुले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा राखिएको स्वास्थ्य परीक्षण नभएसम्म खाना बस्ने सुविधासहित निगरानीमा राखिने छ । उक्त क्वारेन्टाइनमा वडा नम्बर ४ का ४ जना र वडा नम्बर ६ का १ जनालाई राखिएको हो ।

यस अघि राप्तीसोनारीको श्रीनेरा मावि राप्तीसोनारी ७ स्थित क्वारेन्टानबाट ९ जना, वडा नम्बर ८ समशेरगन्जस्थित शिवशक्ति माविका २ जना र वडा नम्बर ३ स्थित सामुदायिक आश्रय भवनको क्वारेन्टाइनमा बसेका १५ जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो ।

Womui
Womui