अपडेटः थप ९ जनामा कोरोना, नेपालमा २६७ संक्रमित

59

काठमाडौं, जेठ २–

नेपालमा थप ९ जनामा कोरोना भाइरस रोग (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये तीन जना दाङका छन्। दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै, काठमाडौं, सतुंगलका ७ वर्षीय बालक, वीरगन्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला र यस्तै, उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ।

Womui
Womui