पत्रकारमाथि कुटपिट र धम्कीको चौतर्फी निन्दा

102

छिनछिन खबर
नेपालगन्ज, भदौ १७
बाँकेका पत्रकार बिनोद पौडेलमाथि थरुहटका कार्यकर्ताले गरेको कुटपिटको घटनाको चौतर्फी निन्दा गरिएको छ । समाचारको विषयलाई थरुहटले गरेको कुटपिट सह्य नहुने पत्रकारका विभिन्न संघ, संगठनले चेतावनी दिएका छन् । थरुहट आन्दोलनमा सहभागि एकिकृत मओबादीका नेता कृष्ण चौधरी लगायतले पत्रिका कार्यालयमै पुगेर मिसन टुडे दैनिकका प्रकाशक तथा प्रधान पौडेलमाथि बुधबार दिउँसो आक्रमण गरेका हुन् । पत्रकारमाथि कुटपिट गर्दै सञ्चार माध्यमलाई थरुहटले धम्की दिएपछि कोहलपुरका सम्पुर्ण सञ्चारमाध्यम बिहीबारबाट बन्द गरिएको छ । कुटपिट र धम्कीपुर्ण घटनाको बिरोध गर्दै पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले एक विज्ञप्ती प्रकाशित गरी कुटपिट र दुव्र्यवहारको घटनाले गम्भिर ध्यानार्कषण भएको जनाएका छन् । आन्दोलनकारीले प्रतिबोध एफएमका पत्रकार पुजन विश्वकर्मालाई समेत ज्यान मार्ने र एफएम जलाइदिने धम्की दिएको भन्दै महासंघले खेद प्रकट गरेको छ । FNJ Finalयस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् क्षेत्रीय संयोजक झलक गैरेले पनि विज्ञप्ती प्रकाशित गर्दै आक्रमण निन्दनीय मात्र नभएर अपराधिक भएकाले दण्डनीय रहेको उल्लेख गरेका छन् । राज्यले अपराधीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘सञ्चार माध्यमहरु स्वतन्त्रता पूर्वक आफ्नो दायित्व निर्वाह गर्न सकुन, यो वातावरण बनाउने जिम्मा राज्य र आन्दोलनकारी दुवैको हो, आन्दोलनकारीले त्यसखालका घटना नदोहोर्याउन प्रतिबद्धताका लागि घटनाका दोषीलाई सार्वजनिक गरी प्रहरीलाई सुम्पनुपर्छ,’ विज्ञप्तीमा भनिएको छ । यसैबीच नेपाल प्रेस युनियन बाँकेले पनि छुट्टै विज्ञप्ती निकालेर घटनाप्रति खेद प्रकट गरेको छ । युनियन बाँकेका सचिव अर्जुन ओलीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनरत पक्षले प्रेस प्रतिको आफ्नो दृष्टिकोण र धारणा सार्वजनिक गर्नुपर्छ, नत्र समग्र पत्रकारका पक्षमा आवाज उठाउँदै आएको प्रेस युनियन बाँके आन्दोलन गर्न बाध्य हुनेछ ।’ साथै आक्रमण र धम्कीमा संलग्न व्यक्तिलाई कानुनी कारबाही गर्न सम्वन्धित पक्षसँग जोडदार माग गरेका छन् ।Prsss Union Finalप्रेस चौतारी बाँकेले पनि विज्ञप्ती मार्फत घटनामा संलग्न व्यक्तिलाई कानूनी कार्वाहीमा सहयोग गर्न आग्रह गरेको छ । चौतारीका अध्यक्ष भेषराज बस्नेतले विज्ञप्ती प्रकाशित गरी समाचारमा चित्त नबुझेको कुरा खण्डन गर्ने र कानूनी उपचारको बाटो हुँदा हुदै सम्पूर्ण पत्रकारलाईनै धावा बोल्ने कुरा कदापी स्वीकार्य नहुने उल्लेख गरेका छन् । गैर सरकारी सँस्था महासंघ मध्यपश्चिम क्षेत्रीय अध्यक्ष धर्मलाल रोकायले पनि विज्ञप्ती मार्फत पत्रकार पौडेलमाथिको कुटपिटको घटना र पत्रकार विकलाई ज्यान मार्ने धम्की दिएकोमा आपत्ति प्रकट गरेका छन् । ‘समाचारको बिषयलाई लिएर खण्डन गर्ने बाटो र उजुरी गर्न सकिने निकाय हुँदा हुँदै ज्यान मार्ने धम्की दिँदै कुटपिटमा उत्रीनु र सञ्चार गृह जलाउने जस्ता अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रता बिरोधी कार्य हो,’ विज्ञप्तीमा भनिएको छ ।

Womui
Womui