नरैनापुरका आठै जना संक्रमितलाई दाङ पठाइयो

67

नेपालगन्ज, जेठ २-
बाँकेको नरैनापुरमा फेला परेका कोरोना संक्रमित सबैलाई दाङ पठाइएको छ । भारतबाट फर्केका मध्ये ४५ जनाको स्वाब पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । एम्बुलेन्समार्फत उनीहरुलाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पठाइएको हो । नरैनापुर गाउँपालिका अध्यक्ष शाहले संक्रमित सबैलाई एम्बुलेन्समार्फत दाङको आइसोलेसन अस्पतालमा पठाइएको जानकारी दिए । उनले भने, ‘नेपालगन्जबाट एम्बुलेन्स ल्याएर आठै जनालाई दाङ पठायौं ।’

संक्रमित ब्यक्ति केहीदिन यता क्वारेन्टाइनमा बस्दै आएका थिए । बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोना भाइरस पोजिटिभ भएका ब्यक्ति नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षका रहेको बताइएको छ । भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमित ब्यक्तीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Womui
Womui