बाँकेका ८ सहित फेरि थपिए ९ कोरोना संक्रमित

93


छिनछिन खबर
काठमाडौं–नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेको नरैनापुर १, ३ र ५ नम्बर वडाका ८ जना छन् । उनीहरू १८ देखि ३६ वर्षसम्मका पुरुष हुन् ।

त्यस्तै मकवानपुरका ३७ वर्षीय एक व्यक्तिमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान दिएको जानकारीअनुसार यी समेत गरेर नेपालमा कूल संक्रमित २ सय ५८ पुगेको छ ।

Womui
Womui