कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरिनेछः राष्ट्रपति

157


छिनछिन खबर
काठमाडौं–राष्ट्रपति विद्यादवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन् । सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नेपालको भएको उल्लेख गर्दै फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन् ।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो । यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ भण्डारीले भनिन् ।

Womui
Womui