नेपाल–भारतमा अलपत्र परेकालाई सीमा वारि–पारि

262
फाइल तस्बिर ।

नेपालगन्ज, जेठ १–
नेपाल र भारतको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई सीमा वारिपारि गराइएको छ । दुवै देसमा जारी लकडाउनका कारण लुकिछिपी सीमा वारिपारि गर्ने क्रम नरोकिएको र त्यस प्रकारको कार्य हुँदा झन कोरोना भाइरस फैलिने जोखिमलाई कम गर्न उनीहरुलाई मूलबाटोबाटै सीमा वारिपारि गराउन लागिएको हो ।
कोरोना भाइरसका कारण जारी लकडाउन र नेपाल–भारत सीमा बन्दमा अलपत्र परेर बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका करिब ५ सय जनालाई भारत पठाइएको छ भने भारतस्थित बहराइच आसपासका क्वारेन्टाइनमा रहेकालाई नेपाल ल्याइएको छ । बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिएमबीच भएको समन्वयले सीमामा अलपत्र परेका नागरिकलाई सीमा वारिपारि गराइएको हो ।
भारत बहराइच आसपासका क्वारेन्टाइनमा रहेका नेपालीलाई पहिलो चरणमा ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नेपाल प्रवेश गरेका बाँकेका भए सम्बन्धित पालिकामा पठाइने छ । र, सम्बन्धित पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राखेर आवश्यक जाँच गर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवम् कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै बाहिरी जिल्लाका व्यक्तिको आरडिटी टेष्ट गरेर सम्बन्धित जिल्ला पठाइने छ जहाँ उनीहरु पुनः क्वारेन्टाइनमा बस्नु पर्ने फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Womui
Womui