दुई घण्टाका लागि विरगन्जमा कर्फ्यु खुकुलो

111

छिनछिन खबर
विरगन्ज, भदौ १७

स्थानीय प्रशासनले  चार दिनदेखि लगाएको कर्फ्युलाई बिहीबार खुकुलो गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार बिहीबार साँझ ५ देखि ७ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ। अत्यावश्यकीय उपभोग्य सामग्री प्रबन्धका लागि कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ। ७ बजेपछि पुनःअनिश्चितकालका लागि कर्फ्यु जारी नै रहने बताइएको छ। मधेसवादी मोर्चाको आह्वानमा १९ दिनदेखि जारी अनिश्चितकालीन बन्द, प्रशासनको दङ्गाग्रस्त क्षेत्र घोषणा र कर्फ्युका कारण स्थानीय जनजीवन दिनप्रति दिन अत्यन्त कष्टकर बन्दै गइरहेको छ ।

Womui
Womui