राप्तीसोनारी–१ मा २५ शैय्याको क्वारेन्टाइन बनाइने

217

तारा ओली
बाँके (राप्तीसोनारी), जेठ १–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. १ मा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । वडा नं. २ मा रहेको कुश्मेश्वर माध्यामिका विद्यालयमा २५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय भएको वडाअध्यक्ष चन्द्र बहादुर ओलीले बताएका छन् । सर्वदलीयले बैठकले कुश्मेश्वर माध्यमिक विद्यालयमा २५ शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा कुश्मेश्वर माध्यामिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाइने वडा अध्यक्ष ओलीले बताए । उनले सुविधासहितको २५ शैय्याको क्वारेन्टाइनका लागि विद्यालयलाई प्रयोग गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन तयारी भइरहेको अध्यक्ष ओलीले जानकारी दिए । अहिलेलाई २५ शैय्याको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकता अनुसार शैय्या थप गर्न सकिने जानकारी उनले दिए । ‘आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको छ आवश्याक सामाग्री खरिद प्रक्रिया समेत सुरु भइसकेको छ,’ उनले भने,‘ १ वडामा कोहि पनि व्यक्ति कोरोना संक्रमित भेटिएमा उपचार गर्ने गरी तयारी गरेका छौं ।’

आइसोलेसनको तयारीका लागि आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गर्ने छ । आइतबारभित्र क्वारेन्टाइन केन्द्र तयार हुने अध्यक्ष ओलीले जानकारी दिए । अहिले वडा नं. १ मा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ भइरहेको अध्यक्ष ओलीले बताए ।

Womui
Womui