रोहिणी खोलामा एम्बुलेन्स खस्दा सुत्केरीसहित ६ घाइते

237

नेपालगन्ज, वैशाख ३१–

बाँकेको कोहलपुरस्थित रोहिणी खोलामा सुत्केरी बोकेको एम्बुलेन्स खसेको छ । एम्बुलेन्स खस्दा ६ जना घाइते भएका छ्न् । मेडिकल कलेज कोहलपुरबाट चार दिने सुत्केरी बोकेर गइरहेको भे१च ३१७१ नम्बरको एम्बुलेन्स कोहलपुर नगरपालिकाको वडा नं. १२ स्थित रोहिणी खोलामा खसेको हो ।

एम्बुलेन्स सडकदेखि झन्डै सय मिटर तल खोलामा खसेको बताइएको छ । एम्बुलेन्समा चार दिने सुत्केरी प्रमिला परियार, चार दिने छोरी, उनका श्रीमान, ससुरा, एम्बुलेन्स चालक र साहु गरी ६ जना सवार थिए । दुर्घटनामा परेका सबै जना घाइते भएका छन् । उनीहरु सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

Womui
Womui