अपडेटः थप २४ मा कोरोना, नेपालमा संक्रमित २४३ पुगे

55


काठमाडौं
, वैशाख ३१
नेपालमा थप २४ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देहीमा १२, कपिलवस्तुमा ११ र नवलपरासीमा १ जना गरी
२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

बुधबारै दिउँसो दुई व्यक्तिमा समेत संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का
कपिलवस्तुका व्यक्ति हुन् । बुधबार कूल २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ।

Womui
Womui