कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

174

छिनछिन खबर
काठमाडौं– नेपाल–भारतको विवादित सीमा कालापानीदेखि नजिकै दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको हो ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोलीलाई छाङरुमा लगिएको थियो । हाल २५ जनालाई छाङरुमा राखिएको छ । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गर्दैछन् । यही ठाउँमा नेपाल प्रहरीको चौकी पनि छ । यद्यपि, बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति भने यहाँ हुने गरेको छैन ।


लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा विरोध भइरहेको छ ।


तस्बिरहरू सशस्त्र प्रहरी बल

Womui
Womui