आङकाजी शेर्पाविरुद्ध साइबर क्राइम सम्बन्धी मुद्दा दर्ता गरिने

39

छिनछिन खबर
काठमाडौं, भदौ १७

 नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पा विरुद्ध ‘साइबर क्राइम’  सम्बन्धि मुद्धा दर्ता गरिने भएको छ। सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सामग्री पोष्ट गरेको आरोपमा पक्राउ परेका शेर्पालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरिने भएको हो । उनले टीकापुर घटनालाई लिएर सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच फाटो ल्याउने सामग्री समेत पोष्ट गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले जानकारी दिए। अभियोग प्रमाणित भए शेर्पालाई १ लाख रुपैंया जरिवाना अथवा ५ वर्ष कैद वा दुवै सजाय हुनसक्ने उनले बताए। उनीविरुद्ध बिहीबार दिउँसो मुद्धा दर्ता गरिने उनले जानकारी दिए। शेर्पालाई प्रहरीले बुधबार बौद्धबाट नियन्त्रणमा लिएको थियो।

Womui
Womui