आक्रोशित यातायात व्यवसायीले सवारी चलाए

145

छिनछिन खबर
नेपालगन्ज, भदौ १७
लामो बन्दले सास्ती खेपेका यातायात व्यवसायीले नेपालगन्जमा बिहीबार बन्दको अवज्ञा गर्दैै सवारी साधन चलाएका छन् । बन्दकर्ताको सहमती बिना नै यातायात मजदुरले नेपालगन्ज–कोहलपुर सडकमा सवारी साधन बिहानैदेखि चलाइरहेका छन् ।

नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार देखिएको सवारी साधनको चहल पहल ।
नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार देखिएको सवारी साधनको चहल पहल ।

लगातार २३ दिनदेखिको लामो बन्दले आफुहरु निकै मारमा परेको भन्दै सवारी साधन चलाउन बाध्य भएको व्यवसायीले बताए । ‘बन्दले गाडी घरमै थन्क्याउँदा बैंकको किस्ता नै तिर्न समस्या भयो,’ एक व्यवसायीले भने ‘बरु बन्दको सामान गरेर भएपनि गाडी चलाउन उचित लाग्यो ।’ भेरी अञ्चल बस व्यवसायी समिति, बागेश्वरी, नमस्ते नेपाल, सार्वजनिक भेरी, सनराईज लगायत यातायात समितिका छोटो दुरिका सवारी साधन व्यवसायी र मजदुरले स्वतः चलाएको प्रहरीले जनाएको छ ।

नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले भने, ‘बैकको किस्ता नतिर्दा व्यवसायीका घर, जग्गा लिलाम गर्न हुने अवस्था आइसक्यो, मजदुरहरु काम नपाएर त्यसै बसिरहेका छन, गाडी चलाउनुको विकल्प नै रहेन नि ।’ बन्दका कारण अलपत्र परेका रात्री सेवाका केही सवारी साधनलाई प्रहरीले हरेकदिन बेलुका स्कटिङ गरेर गन्तव्यमा पु¥याइरहेको छ । लामो दुरिमा चल्ने दिवा सेवा र छोटो दुरिका सवारी साधन भने चल्न पाएका थिएनन् । बन्दले यातायात क्षेत्र निकै मारमा परेको भन्दै व्यवसायी र मजदुरले बाध्य भएर सवारी साधन चलाएको पौडेलले बताएका छन् । यता थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले आफुहरुको सहमती बिना यातायात साधन चलेको प्रतिक्रिया दिए ।

Womui
Womui