हरियालीले दियो २२४ उपभोक्तालाई राहत

29
समूहका उपभोक्तालाई राहत वितरण गरिँदै ।

बाँके (राप्तीसोनारी), वैशाख ३१–

हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई राहत वितरण गरेको छ ।  राप्तीसोनारी–२ महेन्द्रपुरमा अवस्थित समूहले लकडाउनका कारण अति प्रभावित उपभोक्ताको समस्याको आधारमा क, ख र ग वर्गमा उनीहरुलाई वर्गीकरण गरेर बुधबार राहत वितरण गरेको हो ।

२२४ घरपरिवारलाई समस्याका आधारमा वर्गीकरण गरिएको ढाँचामा रहेर राहत वितरण गरेको समूहका अध्यक्ष प्रेमबहादुर चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार क वर्गमा पर्ने उपभोक्तालाई १० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पिस साबुन र १ किलो नुन वितरण गरिएको छ । ख वर्गमा पर्ने उपभोक्ताले १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पिस साबुन र १ किलो नुन पाएका छन् भने ग वर्गमा पर्ने उपभोक्ताले २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पिस साबुन र १ किलो नुन पाए ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष शोभाराम दसैदीले २२४ उपभोक्तालाई २ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको जानकारी दिए ।

Womui
Womui