स्थानीयले खोले बिराटनगरका पसल

38
छिनछिन खबर
विराटनगर, भदौ १७
 लामो बन्दले आजित भएका स्थानीयले बिहीबार पसल खुला गरेका छन् भने सडकमा सवारीसाधन पनि फाट्टफुट्ट चल्न थालेका छन्। व्यवसायीले आधा सटर खोलेर भए पनि व्यवसाय थालेका हुन्। बिहीबार विहानैदेखि आन्दोलनकारी सडकमा देखिएका छैनन्। रोडशेष चोकमा केही मधेसी मोर्चाका आन्दोलनकारी देखिए पनि अन्यत्र छैनन्।
 महाबीर चोकमा बिहीबार आन्दोलनकारी देखिएका छैनन्। प्रहरीले बुधबार महाबीर चोकका आन्दोलनकारीलाई लखेटेको थियो। आन्दोलनकारीले बालेको टायर निभाउन गएको प्रहरी टोलीमाथि ढुंगा हानेपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठी हानेर लखेटेको थियो।  रोडशेष चोकमा १५/१६ जना आन्दोलनकारी छन्। उनीहरूले प्रेसका गाडी तथा पत्रकारलाई पनि निशाना बनाइरहेका छन्। महेन्द्र चोकउत्तर भृकुटी चोक तथा बरगाछी, टंकिसिनुवारीसम्म टेम्पो चल्न थालेका छन्। मोटरसाइकल निर्बाध चलिरहेका छन्।
Womui
Womui