अपडेटः थप २६ जनामा कोरोना, नेपालमा २१७ संक्रमित

49

काठमाडौं, वैशाख ३०–
नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम रोकिएको छैन । मंगलबार बिहान ५७ जनामा कोरोना संक्रमण देखिएकोमा पुनः मंगलबार राति थप २६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा २६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २, धनुषामा २, भक्तपुरमा २, काठमाडौंमा १ , पर्सामा १८ र सर्लाहीमा १ जना नयाँ संक्रमित भेटिएका छन् । 

Womui
Womui